काठमाडौं । नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन्।
अर्थमन्त्री खतिवडाको कार्यअवधि यही २० गते सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो। उनले कार्यकाल टुंगो गर्ने गोलाप्रथाका क्रममा दुई वर्षे कार्यकाल छानेका थिए। संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्न पाउँछ। त्यही व्यवस्थाअनुसार उहाँ भदौ २० पछि मनोनित नभए स्वतः विदा हुने छन्। अहिले उहाँले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्री ली अर्थमन्त्री खतिवडालाई नै राष्ट्रियसभामा कायमै राख्ने पक्षमा थिए। अर्थमन्त्रीमा पार्टीको विवाद मिलाउन संयोजकको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलको चर्चा भइरहेको छ। प्रधानमन्त्रीका विश्वासिला पात्र मध्ये पौडेल पनि रहेकोले राष्ट्रको ढुकुटीको चावी उहाँमा जाने प्रवल छ ।