आर्ष खबर

चन्द्रागिरि समाचार

न्याय माग्दै महानगरीय प्रहरी बृत्त थानकोटमा स्थानीयको नाराबाजी

काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटमा स्थानीयबासीले विरोध प्रदर्शन गरेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ स्थित निर्माणाधिन चन्द्रागिरि स्पोट्स क्लबमा शनिबार एक स्थानीयको करेन्ट लागेर मृत्युभएपछि मृतक र मृतकका परिवारले चाडो भन्दा चाडो न्याय पाउनु पर्ने भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । वडा अध्यक्ष र क्लबका पदाधिकारीहरुमाथि बृत्तले किटानी जाहेरी लिन नमानेको भन्दै पीडित पक्षले प्रहरी प्रशासनमाथी चर्का नाराबाजी गरेका थिए । प्रदर्शनको क्रममा उनीहरुले गैरजिम्मेवार र लापरवाही गर्ने क्लबलाई कारवाही गर, दोषीलाई कारवाही गर, सार्वजनिक जग्गा संरक्षणमा ज्यान गुमाउने मृतक सुरेन्द महर्जनलाई सहिद घोषणा गर, पीडित परिवारलाई न्याय दे भन्दै लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ का वडा सदस्य तथा कार्यपालिका सदस्य रिना महर्जनले वडाबाट कुनै स्वीकृति नलिई सार्वजनिक जग्गामा क्लब निर्माण भइरहेको र त्यही निर्माणाधीन क्लबकै कारण दुर्घटना हुन पुगेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, वडा अध्यक्ष रामहरी बस्नेतले एकलौटी ढंगले वडालाई अगाडी बढाउन खोज्दा दुर्घटना हुन पुगेको आरोप लगाउनु भयो । उहाँले ११ हजार भोल्टेज मुनि रहेको सार्वजनिक जग्गामा क्लब भवन बनाउन खोजेपछि स्थानीयले विरोध गरेको र त्यसमा समर्थन गरेपछि अध्यक्षको नजरमा आफु पनि विपक्षी बन्न पुगेको उल्लेख गर्नुभयो । सदस्य महर्जनले यसअघि स्थानीयबासीले उक्त स्थानमा भवन निर्माण गर्न नहुने भन्दै वडा र नगरपालिकाको ध्यानाकर्षण गर्न ज्ञापन–पत्र बुझाएको थियो । तर, ज्ञापन–पत्रको सुनुवाई न वडाले गर्यो न नगरपालिकाले नै । वडा र नगरपालिकाको लापरवाहीकै कारण दुर्घटना हुन पुग्यो । यसको जिम्मेवारी वडा र नगरपालिकाले लिनुपर्छ । निस्पक्ष छानविन गरी दोषीलाई कारवाही हुनुपर्छ । पीडित र पीडितका परिवारले न्याय पाउनु पर्छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले पीडित पक्षले यस घटनामा किटानी जाहेरी दिन खोजेको र दुर्घटनाको विषयमा किटानी जाहेरी लिन नमिल्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘यदि सडक बनाउँदै गर्दाको अवस्थामा दुर्घटनाबाट कोही कसैको कुनै कारणले ज्यान गयो भने त्यस्तो अवस्थामा किटानी जाहेरी गर्न मिल्दैन यो पनि त्यस्तै केस हो ।’ प्रारम्भिक अनुसन्धानका लागि उहाँहरुसँग सोधपुछ भइरहेको र दोषी नठहरिएसम्म भिडले समात भन्दैमा कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाउन नमिल्ने प्रमुख श्रेष्ठ बताउनु हुन्छ । यदि अनुसन्धानको क्रममा कुनै व्यक्ति दोषी देखिएमा कानूनको दायरामा ल्याउने र जस्तोसुकै दबाब आएपनि आफुले नछाड्ने बताउनु भयो । प्रमुख श्रेष्ठले यो घटनालाई राजनीतिकरण नगर्न पनि आग्रह गर्नुभयो ।

घटनामा नहुनु भइसक्यो । घटना घटिसकेपछि पीडित पक्षले न्याय पाउनु नै पर्छ । प्रहरी प्रशासनले पनि घटनाको छानविन निष्पक्ष तरिकाले सत्य, तथ्य बाहिर ल्याउनु नै पर्छ । नाताबाद र शक्तिबादको आडमा कुनै पनि दोषिलाई उन्मुक्ति दिन मिल्दैन । साथै छानविनको क्रममा कुनै पनि व्यक्ति, समूह, भिडले दबाब दिन पनि हुँदैन । किनकी दोषि उम्कन सक्छ, निर्दोष फस्न सक्छ । यस घटनाको छानविन प्रहरीले सुष्म तरिकाले गर्न जरुरी छ ।

Related posts

फिर्ता भयो गुठी विधेयक

Aarsha Khabar

मुलुक समृद्धि र विकासका लागि लामो समय पर्खन नपर्ने : प्रधानमन्त्री

Aarsha Khabar

शान्तिसुव्यवस्था कायम गर्न भिडलाई बल प्रयोग गरियो

Aarsha Khabar