आर्ष खबर

चन्द्रागिरि समाचार

थानकोट आयल निगमको डिपो नजिकै ट्याङकर पल्टियो, दुर्घटनाबाट हुने अर्को दुर्घटना टर्यो (तस्बिरसहित)

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोटस्थिति नेपाल आयल निगमको डिपो नजिक डिजेल बोकेको ट्याङकर दुर्घटना भएको छ ।

रक्सोल डिपोबाट आएको ना.७ ख ०७३९ नम्बरको ट्याङकर थानकोट डिपोमा अनलोडका लागि आउँदै गर्दा डिपो नजिकै दुर्घटना भएको हो । दुर्घटनाबाट ट्याङकरमा रहेको २० हजार लिटर डिजेल मध्ये ४ हजार लिटर पोखिएको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी गराउनु भयो ।

दुर्घटनामा चालक सकुशल रहेका छन् । रौतहट स्थायी घर भई अमलेखगञ्जमा बसोबास गर्दै आएका ३२ वर्षीय चालक सुरेश विकले डिपो अगाडि मोडमा ४–५ जना बच्चालाई अकस्मात देखेपछि उनीहरुलाई बचाउँदा दुर्घटना हुन पुगेको बताउनु हुन्छ ।

डिपोसँगै भएको दुर्घटनाले (लगभग दुई सय मिटर) निम्तन सक्ने अर्को ठूलो दुर्घटना भने टरेको छ ।

Related posts

एक हप्तामा ४० हजार नेपाली नेपाल आउँदै

Aarsha Khabar

बडा दशैंको नवौं दिन, सिद्धिदात्रीको पूजा

Aarsha Khabar

यस वर्ष मातातीर्थमा मेला नलाग्ने

Aarsha Khabar