आर्ष खबर

देश

रातो मत्स्येन्द्रनाथको रथ तानियो

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ आइतबार तानिएको छ।

ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म रथ तानिएको हो। परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ। तर, यस वर्ष कोभिड १९ महामारीका कारण रथलाई सोह्रखुट्टेसम्म मात्रै तानिएको थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्गमती लगिने कार्यक्रम तय भइसकेको बताउनु भयो। त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने जानकारी गराउनु भयो। यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन। रथ तान्‍न ४३४ जना सहभागी भएका थिए। जसमध्ये १६० जना रथ तान्‍न, १२४ जना स्वयंसेवक, करिब ३० जना बाजागाजा बनाउने र ज्यापू समाजका पदाधिकारीसहित भेला भएका थिए। प्रहरीले कार्यक्रमस्थललाई चारैतर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो। गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिबिना रथ तान्‍न थालेपछि विवाद भएको थियो। यस्तै रथ यात्रा गर्न शुक्रबार क्षमा पूजासमेत गरिएको थियो।

Related posts

७० वर्ष माथिकालाई हवाई उडानमा ५० प्रतिशत छुट

Aarsha Khabar

‘एक वर्षमा सय कानून’

Aarsha Khabar

बलिदानको उपज नै अहिलेको संविधान : नारायणकाजी श्रेष्ठ

Aarsha Khabar