बलिउड अभिनेत्री कंगना रनावतलाई भारतको केन्द्र सरकारले ‘वाई लेवल’को सुरक्षा उपलब्ध गराउने भएको छ ।
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले आफू मुम्बईमा असुरक्षित महसुस भएको बताएकी थिइन् । कंगना र सञ्जय राउतबीचको विवाद विवाद बढ्दै गएपछि आइतबार कंगनाका बाबुले हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरलाई चिठी लेख्दै कंगनाका लागि सुरक्षाको व्यवस्था गर्न आग्रह गरेका थिए। गतसाता कंगनाले भनेकी थिइन् ।
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले मुम्बई पुलिसको कामप्रति प्रश्न उठाएकी थिइन्। उनले आफूलाई मुम्बई पुलिसप्रति भरोसा नरहेको भन्दै मुम्बईमा असुरक्षित महसुस हुने गरेको बताएपछि सांसद सञ्जयले आफूलाई मुम्बई नआउन भनेर धम्की दिएको बताएकी थिइन् ।
भारतमा ठूला नेता वा कुनै ठूला व्यक्तित्वलाई जेड प्लस‚ जेड‚ वाई र एक्स श्रेणीको सुरक्षा दिने चलन छ। यस्तो सुरक्षा पाउनेमा केन्द्रीय मन्त्री‚ मुख्यमन्त्री‚ सुप्रिम कोर्टका न्यायाधीश प्रसिद्ध नेता वा ठूला सरकारी अधिकारी आदि पर्दछन्। जेड श्रेणीको सुरक्षामा २२ सुरक्षाकर्मी हुन्छन् भने वाई श्रेणीमा ११ जना हुन्छन्।