आर्ष खबर

समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइने संकेत

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सरकारले तीन सातादेखि देशभर कतै लकडाउन त कतै निषेधाज्ञा जारी गरिरहेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर घट्नुको साटो झन् झन् बढिरहेको छ । संक्रमण फैलिन नदिन गरिएको लकडाउन र निषेधाज्ञाले श्रमजीवी र मजदुरहरुको जीनजीवन कष्टकर बन्दै गएको छ । सरकारले बन्द मात्रै गर्ने तर कुनै विकल्प नदिएपछि यतिबेला सरकारको चौतर्फी ओलोचना हुन थालेपछि उपत्यकाको तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तयारीमा छन् ।

उपत्यकामा भदौ ३ गतेको निर्णयबाट निषेधाज्ञा गरिएको थियो। कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका हुन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ। दबाब बढ्दो तर पछिल्लो समयको निषेधाज्ञाले नागरिकको दैनिकी कष्टकर बनेपछि सरकारमाथि विकल्प खोज्‍न दबाब बढेको छ। निजी क्षेत्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्कालै विकल्प नखोजे यही भदौ २५ गतेबाट व्यवसाय खोल्ने चेतावनी दिइसकेका छन् । यस्तो अवस्थामा सरकारमाथि निषेधाज्ञा खुकुलो बनाउने दबाब बढ्दै गएपछि तीनै जिल्लाका प्रजिअहरु छलफलमा जुटेका हुन्।

Related posts

बजेटमा जनता मात्र नभई प्रतिपक्ष पनि खुशी भयो

Aarsha Khabar

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश

Aarsha Khabar

सरकारलाई सुझाव दिन ६ सदस्यीय समिति गठन

Aarsha Khabar