आर्ष खबर

देश समाचार

उपत्यकाभित्र निषेधाज्ञा खुकुलो, व्यवसाय प्रायः सबै खुल्ने

काठमाडौं । काठमाडौं उपत्यका भित्रको निषेधाज्ञा केही खुकुलो पार्दै बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात संचालन गर्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु बीच यसअघि बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाई जाने निर्णय गरेको थियो । काठमाडौं उपत्यका भित्र बिहीबार देखि जोरबिजोर प्रणाली लागु हुने गरी यातायात संचालन हुनेछ ।

व्यापार व्यवसाय पनि प्रायः सबै खुल्नेछन् । व्यापारको प्रकृतिअनुसार समय पनि तोकिने छ । उपत्यका बाहेक अन्य क्षेत्रका लागि भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। उपत्यका छिर्ने नाकामा यसअघि झैँ कडाइ गरिनेछ। त्यसैगरी धेरै भिडभाड हुने क्षेत्र बन्द नै गरिने छ ।

Related posts

आज लक्ष्मी पूजा

Aarsha Khabar

नेतृत्व व्यक्तिगत स्वार्थमा लागेको भन्दै चन्द्रागिरिमा सरकारविरुद्ध प्रदर्शन

Aarsha Khabar

पौडेल पक्षले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने

Aarsha Khabar