आर्ष खबर

देश समाचार

नेकपाले एमसीसीलाई अनुमोदन गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटीको बैठकले एमसीसीलाई अनुमोदन गर्ने निर्णय गरेको हो । एमसीसीका केही बुँदाहरु संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनु भयो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले दिएको सुझावसहितको प्रतिवेदनलाई ध्यानमा राखेर एमसीसीको संशोधन र परिमार्जन गरिने बुँदा तय गरिने उल्लेख गर्नुभयो ।

Related posts

सरिता गिरी पार्टीबाट निस्कासित

Aarsha Khabar

सीमाको विषयमा भारतले चासो देखाएन : मन्त्री ज्ञवाली

Aarsha Khabar

सूचना प्रविधि विधेयककाविरुद्ध अदालत जाने : आचार्य

Aarsha Khabar