आर्ष खबर

देश

नेकपाको कार्यकारी अधिकार प्रचण्डलाई, ओलीले सरकारको नेतृत्व गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीको कार्याधिकार स्पष्ट पारिएको छ।

नेकपाको स्थायी कमिटी बैठकले दुई नेताको कार्याधिकार स्पष्ट पारेको हो। अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली बीचको कार्यधिकार अस्पष्ट भएको भन्दै पार्टीभित्र विवाद सिर्जना भइरहेको थियो। बैठकले अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने र प्रधानमन्त्री ओलीले सरकार चलाउने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले पार्टीको विषयमा हस्तक्षेप गर्न नपाउने निर्णय पनि भएको छ। पार्टी र सरकारबीच सहकार्य गरे सहमतिमा अगाडि बढ्ने निर्णय गरिएको छ । पार्टीले पनि सरकारका दैनिक काममा हस्तक्षेप नगर्ने नपाउने निर्णय गरेको छ । सरकारले राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टी सचिवालयको छलफलपछि मात्रै निर्णय गर्नुपर्ने छ।

Related posts

सर्किट ब्रेक लागेपछि शेयर कारोबार स्थागित

Aarsha Khabar

कम्युनिष्ट बन्न के-के चाहिन्छ ?

Aarsha Khabar

कोरोना रोकथामका नाममा सरकार फजुल खर्च गर्दैछ : रिजाल

Aarsha Khabar