आर्ष खबर

समाचार

करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवन । रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ ।

चितवनको कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको मृत्यु भएको हो ।

गणको कम्पाउण्डमा रहेको रूखको हाँगा काट्ने क्रममा सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । गोरखा घर भएका सुबेदार मेजर राजुबाबु श्रेष्ठको उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र अर्का सैनिक जवान साजन कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुले काटेको रुखको हाँगा करेन्ट प्रशारण भइरहेको तारमा छोएपछि घटना भएको थियो ।

Related posts

भारतले नेपालबाट आफ्ना नागरिकलाई स्वदेश लग्यो

Aarsha Khabar

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

Aarsha Khabar

नेपाल बायु सेवा निगमले जहाज लिजमा लिने

Aarsha Khabar