आर्ष खबर

स्वास्थ्य

उपत्यकामा संक्रमितको संख्या बढ्यो, ११७३८ संक्रमित पुग्यो

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचार गराउनेको संख्या बढेको छ ।

उपत्यकाको तीनै जिल्लाका विभिन्न अस्पतालमा गरेर ६ हजार २ सय ४० संक्रमित आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी काठमाडौंमा ५ हजार २ सय ३, ललितपुरमा ५ सय ३७ र भक्तपुरमा ५ सय जना संक्रमित उपचाररत रहेको जनाएको छ । मन्त्रालयले उपत्यकाको तीनै जिल्लामा संक्रमितको संख्या ११ हजार ७ सय ३८ पुगेको उल्लेख गरेको छ। काठमाडौंमा ९ हजार ५ सय ८८,भक्तपुरमा ९ सय ८९ र ललितपुरमा १ हजार १ सय ६१ रहेको छ।

त्यसैगरी संक्रमणका कारण उपत्यकामा मात्र मृत्यु हुनेको संख्या ७४ जना रहेको छ । काठमाडौंमा ५५, भक्तपुर १२ र ललितपुरमा ७ जना छन्। तथ्यांकअनुसार काठमाडौंका विभिन्न अस्पतालबाट ४ हजार ३ सय ३० डिस्चार्ज भएका छन् भने ५ हजार २ सय ३ जना उपचाररत छन्। ललितपुरमा १ हजार १ सय ६१ संक्रमित भएका र तीमध्ये ६ सय १७ डिस्चार्ज भइसकेका छन्। ललितपुरमा ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। ५ सय ३७ जना उपचाररत छन्।

यस्तै भक्तपुरमा संक्रमित संख्या ९ सय ८९ पुगेको छ भने ४ सय ७७ भने कोरोनामुक्त भएका छन्।
भक्तपुरमा १२ जनाको मृत्यु र ५ सय संक्रमित उपचाररत छन्। योसँगै बागमती प्रदेशमा कोरोना संक्रमित संख्या १३ हजार ८९ पुगेको छ। जसमध्ये १० हजार ८ सय ३१ जना डिस्चार्ज भएका छन् भने १ सय ११ जना संक्रमितको मृत्यु र २ हजार १ सय ४७ जना संक्रमित उपचारत छन्।

Related posts

नेपालमा कोरोना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो, २४ घण्टामा थप ८ को मृत्यु

Aarsha Khabar

क्वारेन्टिनको सुधार, पीसीआरको दायरा बढाउन सरकारको ध्यानाकर्षण : कांग्रेस

Aarsha Khabar

कोरोनाविरुद्ध सरकारको अभियान कार्यान्वयनमा सहयोग गर्न नेकपाको अपिल

Aarsha Khabar