आर्ष खबर

समाचार

फुक्का गरिएको जग्गा कित्ताकाटसम्बन्धी निर्णय बदर

काठमाडौं । भदौ १८ गते फुक्का गरिएको जग्गा कित्ताकाटसम्बन्धी निर्णय बदर भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कित्ताकाट फुक्काको सर्वत्र विरोध हुन थालेपछि भदौ २५ गते बदर गरेको हो। मन्त्री अर्यालको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरीत थियो। मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गरेर सार्वजनिक गरेको निर्णयमा गत भदौ १८ गते कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका निर्णयहरु बदर गरिएको छ भनेर स्पष्ट लेखिएको छ। भू–उपयोग नियमावली जारी नहुञ्जेलसम्म जग्गाको कित्ताकाट सम्बन्धमा मन्त्रिस्तरले २०७७–५–१८ गते कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिने निर्णय गरेको हो । मन्त्रालयले यसअघि मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरेको छ। २०७५ मा मन्त्री अर्यालले कृषि बाहेकका अन्य जग्गाको कित्ताकाट खुल्ने निर्णय गरेकी थिइन्। जुनसुकै प्रकारको जग्गा कित्ताकाट गर्नका लागि सम्बन्धित स्थानीय सरकारको सिफारिसमा मात्र गर्न पाइने नियमावली भने मन्त्रिपरिषदमा प्रस्ताव भए पनि निर्णय नभई विचाराधीन छ। यो नियमावली नआउँदासम्म कुनै पनि जग्गाको वर्गीकरण हुँदैन।

Related posts

एमसीसी कार्यदलले प्रतिवेदन बुझायो, पारित नहुने संकेत

Aarsha Khabar

सेडुल बनाएर काम नगर्नु नै हाम्रो पहिलो समस्या

Aarsha Khabar

एकता विदेशी शक्तिको दबाबमा भएको होइन : थापा

Aarsha Khabar