आर्ष खबर

स्वास्थ्य

सोमबार थप ११७० जना संक्रमित, १५३९३ सक्रिय संक्रमित

काठमाडौं । देशमा थप ११७० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १०८७८ वटा पीसीआर परीक्षण गर्दा ११७० जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएको संख्यासँगै नेपालमा संक्रमितको संख्या ५५३२९ पुगेको जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना संक्रमित डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३९५७६ पुगेको छ। साथै अहिलेसम्म १५३९३ सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनु भयो ।

यस्तै उहाँले आइसोलेसनमा रहनेहरूको कुल संख्या ८११८ र होम आइसोलेसनमा ७२७५ रहेको उल्लेख गर्नुभयो । त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको कुल संख्‍या ६ हजार ८९२ छ।

त्यसैगरी, हाल देशभरका विभिन्‍न अस्पतालहरूमा आइसियुमा उपचाररतहरूको संख्या १७९ छ भने भेन्टिलेटरमा उपचाररतहरूको संख्या २९ छ। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, सर्लाही, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही गरी सात जिल्ला छन्। हालको समयमा एकजना पनि संक्रमित नभएका जिल्लाहरू सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु गरी सात जिल्लाहरू छन्।

Related posts

क्वारेनटाइनमा बसेका ६९ जना भागे

Aarsha Khabar

नेपाली युवतीमा कोरोना संक्रमण पोजेटिभ भेटियो

Aarsha Khabar

महानगरले थाल्यो र्यापिड टेष्ट

Aarsha Khabar