आर्ष खबर

स्वास्थ्य

सिस्नो आर्युवेदिक औषधी, फाइदा के–के छन् ?

काठमाडौं । सिस्नो एक प्रकारको झार वा हरियो साग हो । सिस्नो गाउँघरमा सजिलै पाइन्छ । सिस्नोलाई आर्युवेदिक औषधीको रुपमा लिइन्छ । हामीले यसलाई दैनिक खानाको रुपमा प्रयोग गर्न सक्छौ । सिस्नो शरीरका लागि धेरै फाइदाजनक हुन्छ ।

अहिले बजारमा प्याकिङ गरेको सिस्नो धुलो पनि पाइन्छ । सिस्नोको धुलो सुपको रुपमा प्रयोग गरिन्छ । सामान्यतया सिस्नोलाई तरकारीको रुपमा खान सकिन्छ । सिस्नोले मानव स्वास्थ्यमा पुर्याउने फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ । के–के छ फाइदा ?

१. सिस्नो विशेष गरेर मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि निकै फाइदाजनक हुन्छ । शरीरमा एलर्जी हुनेहरूका लागि पनि सिस्नो धेरै लाभदायक हुन्छ ।

२. सिस्नोले पेटमा भएको बच्चालाई स्वस्थ र निरोगी बनाउँन मद्दत गर्दछ । आईरनको मात्रा पर्याप्त मात्रामा हुने भएकाले महिलाका लागी फाइदाजनक हुन्छ ।

३. सिस्नोले रक्त अल्पता कम गर्ने, कमजोरी हटाउने, शरीरका विभिन्न अंगमा हुने दुखाईलाई कम गर्ने, हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका घाउ खटिरालाई हटाउन मद्दत गर्छ ।

४. पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्छ ।

५. कपाल झर्ने समस्या र छाला सम्बन्धी विभिन्न रोगका लागि उपयोगी हुन्छ ।

६. सिस्नोमा भिटामिन, मिनरल, बेटा, करोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क तत्व हुने भएकाले यसले शरीरमा रोगप्रतिरोधात्मक शक्ति बढाउन सहयोग गर्छ । साथै सिस्नोको फूल खाँदा वर्षायाममा आउने ज्वरोबाट बच्न सकिन्छ ।

Related posts

प्राङगारिक तरकारी खेतीको परिचय र महत्व

Aarsha Khabar

कोरोना संक्रमणबाट ४९ दिनको शिशुको मृत्यु, संक्रमित संख्या १४५१९

Aarsha Khabar

१८० देशमा कोरोनाको संक्रमण, ३ लाख ३६ हजार संक्रमित

Aarsha Khabar