आर्ष खबर

स्वास्थ्य

७१.५ प्रतिशत संक्रमित कोरोनामुक्त, मंगलबार थप १४५९ जना संक्रमित

काठमाडौं । देशभर थप १४५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १०३७५ जनामा गरिएको पीसीआर परिक्षणको क्रममा १४५९ जना संक्रमित देखिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक दिनमा ७२५० जना संक्रमित कोरोनामुक्त भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ८१३९ जना संस्थागत आइसोलेसनमा रहेका बताउनु भयो । त्यस्तै ७६४० जना देशभर होम आइसोलेसनमा रहेका छन्। यसैगरी देशभरका क्‍वारेन्टाइनमा ७२५० जना रहेका छन्। हालसम्म ७१ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।

Related posts

नेपालमा कोरोना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो, २४ घण्टामा थप ८ को मृत्यु

Aarsha Khabar

कोरोनाले मृत्यु हुनेको संख्या १९ पुग्यो, संक्रमित संख्या ५७६०

Aarsha Khabar

कोरोना संक्रमितको संख्या १०९, प्रदेश एकमा सबै भन्दा धेरै

Aarsha Khabar