आर्ष खबर

देश समाचार

बजारमा मिथानोल जस्ता घातक विषाक्त प्रयोग भएका स्यानिटाइजर विक्रि, नौ कम्पनी कारवाहीमा

काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद र प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो । अनुगमनका क्रममा ज्यान जानसक्ने घातक मिथानोल राखेर स्यानिटाइजर विक्रि वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागले अपिल गरेको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभागमा दर्ता भए÷नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने बताउनुभयो ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोल जस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर विक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । गतहप्ता पाँच र सोमबार थप चार वटा कम्पनीलाई उत्पादन र विक्रि वितरण नगर्न सूचना जारी गरिसकेको छ ।

विभागले ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौं लगायतका स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।

Related posts

सरकारले लक डाउन खुकुलो बनाउने

Aarsha Khabar

नेपाल बायु सेवा निगमले जहाज लिजमा लिने

Aarsha Khabar

विप्लवका सर्लाही इञ्चार्ज पौडेल जवाफी कारबाहीमा मारिए : गृहमन्त्री

Aarsha Khabar