आर्ष खबर

देश

काठमाडौंको अधिकांश क्षेत्रमा ट्राफिक लाईट संचालन, एकैदिन दुई वटा नयाँ लाईट थपियो

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित दुई स्थानमा बुधबार देखि ट्राफिक लाईट संचालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नं. एकको सक्रियतामा ल्होत्से चोक र वडा नं. ५ को सहकार्यमा हाडीगाउँ भाटभटेनी अगाडी नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याइको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको दुई स्थानमा ट्राफिक लाईट सञ्चालनमा ल्याइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताउनु भयो । उहाँले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहल भईरहेको उल्लेख गर्नुभयो ।

यसअघि कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सीतापाईला, बौद्ध, ग्रान्डीलगायतका ११ स्थानमा ट्राफिक लाईट जडान भइसकेको र थप ४६ स्थानमा ट्राफिक लाईट जडानको लागि पहल भैरहेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताललगायतका क्षेत्रमा ट्राफिक लाईट सञ्चालनमा आइसकेको छ ।

Related posts

‘प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्छौ’

Aarsha Khabar

‘कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या

Aarsha Khabar

‘युवा एकजुट भए जस्तो सुकै चुनौतिको सामना गर्न सकिन्छ’

Aarsha Khabar