आर्ष खबर

देश

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थास्थिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्थास्थिर रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।

मंगलबार राति कोइरालालाई अत्याधिक ज्वरो आई श्वासप्रश्वासमा समस्या देखिएपछि ओम अस्पतालान भर्ना गरिएको हो । कोइरालाको सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरिरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँ यसअघि होम आइसोलेसनमै हुनुहुन्थ्यो ।

Related posts

चन्द्रागिरि नगरपालिकाले इँट्टा उद्योग हटाउनुको साटो संरक्षण गर्न खोज्यो’

Aarsha Khabar

तनहुँमा १०८ फिटको वेदव्यासको मूर्ति स्थापना गरिने

Aarsha Khabar

राष्ट्र विकासको मूल मुटु नै शिक्षा : प्रचण्ड

Aarsha Khabar