आर्ष खबर

देश

‘प्रधानमन्त्रीको अनिच्छाले संवैधानिक पदमा पूर्ति हुन सकेन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पदपूर्ति हुन नसकेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखी अन्य विषयमा ध्यान दिंदा लामो समयदेखि रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्ति हुन नसकेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री र सरकारको कमजोरीको अपजस प्रतिपक्षलाई दिन नमिल्ने बताउनु भयो । उहाँले राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भएपनि काममा ढिलासुस्ती, गर्न नसकेका÷नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषि देखाउने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको उल्लेख गर्नुभयो ।

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रधानमन्त्रीले गलत प्रचार गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘प्रदेशहरुको नामाकरण हुन सकेको छैन । नेकपाकै सरकार छ खै त अहिलेसम्म नामाकरण भएको । धेरै विश्व विद्यालयमा नेतृत्व खाली छ । धेरै संवैधानिक निकायको पद खाली छ । त्यो निर्णय गर्ने संवैधानिक परिषदमा फरक फरक क्षेत्रको प्रतिनिधित्व भएपनि सत्तारुढ दल निकटकाहरुको नै बहुमत छ । त्यसैले प्रतिपक्षीका कारण यो निर्णय भएन भन्ने दोष लगाउनु गलत हो ।’

संवैधानिक परिषदको व्यवस्था अनुसार राज्यका महत्वपूर्ण अंगहरुमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने धारणा कांग्रेसको भएपनि आफुहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

Related posts

दशैं सम्पन्न, आजबाटै तिहार सुरु

Aarsha Khabar

मेलम्ची आयोजना ठेक्कामा सरकारले ठूलै आर्थिक चलखेल गर्यो : देउवा

Aarsha Khabar

कांग्रेसलाई एकीकृत भएर अगाडि बढ्न सुझाव : महत

Aarsha Khabar