आर्ष खबर

खेलकुद

क्रिकेटर ललितको सफल शल्यक्रिया

काठमाडौं । कञ्चनपुरमा सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको शल्यक्रिया भएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया भएको बताएको हो । कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो । ललितको डा.चक्रराज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ ।

ललितलाई आईतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उहाँका भाई घाइते भएका थिए । दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरे पनि थप उपचारका लागि सोमबार काठमाडौं ल्याइएको हो । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए ।

Related posts

आठौं राष्ट्रिय खेलकुद चैत २७ मा हुँदैनः पिताम्बर

Aarsha Khabar

आठौं राष्ट्रिय खेलकुद अर्को महिना

Aarsha Khabar

एन्फा र खेलाडीबीचको दुरी बढ्दै, खेलाडीहरु खुलेरै विरोधमा

Aarsha Khabar