आर्ष खबर

देश

गाँजासहित चार जना पक्राउ

तनहुँ । तनहुँको आँवुखैरेनी गाउँपालिका–४ स्थित मुग्लिनबाट तीन केजी गाँजासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका–२३ बस्ने १८ वर्षीय कुशल सुनार, ३९ वर्षीय सुरज बि.क., स्याङ्जा पुतलीबजार नगरपालिका–२ बस्ने २८ वर्षीय रोशन गुरुङ्ग र सोही ठाउँ बस्ने पुजा गुरुङ्ग रहेका छन् ।

मुग्लिनबाट आँवुखैरेनीतर्फ पैदल जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागेपछि चेकजाँचको क्रममा गाँजा भेटिएपछि पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागि उनीहरुलाई स्थानीय प्रहरीमा बुझाईएको छ ।

Related posts

भीमफेदी कारागारबाट कैदी फरार

Aarsha Khabar

लोभलालचले कम्युनिष्ट पार्टी खतरामा : प्रचण्ड

Aarsha Khabar

नेपाल व्यवसायिक वातावरणको क्षेत्रमा १९० मुलुकमध्ये ९४औं स्थानमा

Aarsha Khabar