आर्ष खबर

देश पर्यटन

६ महिनापछि आन्तरिक हवाई उडान सुचारु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै करिब ६ महिनादेखि रोकिएको आन्तरिक हवाई उडान सुचारु भएको छ।

निजी वायुसेवा सञ्चालकले ५० प्रतिशत यात्रु राखेर उडान भर्न नसक्ने भन्दै उडान स्थगित गरेका थिए। सरकारले पुरै सिटमा यात्रु राखी स्वास्थ्य मापदण्ड अपनाएर पुनः उडानको लागि अनुमति दिएपछि सोमबारबाट उडान सुरु भएको हो । नियमित उडान सुरु भएपछि नेपाल वायुसेवा निगमको जहाज १६ जना यात्रु लिएर भोजपुर गएको थियो। निजीतर्फको उडानमा बुद्ध एयरले पोखराका लागि ५६ जना यात्रु लिएर गयो । दिनभरको विभिन्न निजी कम्पनीसहित ५३ वटा जहाजले अनुमति पाएका छन्।

Related posts

मधेसी दललाई फूर्तीफार्ती नगर्न प्रधानमन्त्रीको सुझाव

Aarsha Khabar

५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ

Aarsha Khabar

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा नियमहरु पालन गर्न सर्वसाधारणलाई अपिल

Aarsha Khabar