आर्ष खबर

देश

दाहाल–ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय भएसँगै दाहाल र ओली थप गृहकार्यमा जुटेको हुन् । आइतबारको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम र विविध गरेर चार एजेण्डामा छलफल भएको थियो। भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पनि सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई सचिवालय बैठकले कार्यान्वयन गराउन लागेको हो। आइतबारको सचिवालय बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्पमा छलफल भएको थियो।

दाहाल ओलीले निर्माण गरेको विवाद समाधान कार्यदल संयोजक विष्णु पौडेल तथा सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मासहितका नेताहरु मन्त्रीका बलिया दाबेदार हुन्। यी बाहेक उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको पनि चर्चा छ। निश्चित मापदण्डको आधारमा मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने स्थायी कमिटीको निर्णय छ।

Related posts

कोरोना रोकथामका लागि काठमाडौं महानगरले १० करोडको कोष स्थापना

Aarsha Khabar

केही गुठीहरुको परिवर्तन आवश्यक : संचारमन्त्री

Aarsha Khabar

महानगरले थाल्यो र्यापिड टेष्ट

Aarsha Khabar