आर्ष खबर

देश

खसी–बोका खरिद गर्न खाद्यले ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ विनियोजन

काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी÷बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले जानकारी गराउनु भयो ।

संस्थानले विगतका वर्षझै यो वर्षपनि सहुलियत मूल्य पसल संचालन गरी चामल, दाल, तेल जस्ता खाद्यबस्तु विक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगतका वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

Related posts

नेपालमा सहल किराको प्रकोप कम हुन्छ : विज्ञ

Aarsha Khabar

सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार : प्रधानमन्त्री

Aarsha Khabar

देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने : नेपाल

Aarsha Khabar