आर्ष खबर

मनोरन्जन

ज्योतीको ‘न सहारा दिन्छ तिम्रो मायाले, बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘न सहारा दिन्छ तिम्रो मायाले, न छुट्करा दिन्छ तिम्रो मायाले ।’ ‘यो कस्तो माया लाएछु मैले, न छुट्न सकिन्छ, न जुट्न सकिन्छ । ‘यी शब्दले कुनै पनि माया प्रेममा बाँधिएका जोडीको जीवनका भोगाइमा मेल खान्छ । यस गीतकी लेखक हुन् ज्योती गुरुङ । उहाँले यस गीतमार्फत विदेशमै भए पनि प्रवासबाटै सांगीतिक क्षेत्रमा मौलिकताको बाटो रोजेकी छन् । स्याङ्जा जिल्ला स्थायी घर भएकी गीतकार गुरुङ विगत केही वर्ष अगाडिदेखि युकेमा बसोबास गर्दै आएकी छिन् । प्रायः कलाकारीता क्षेत्रमा स्याङ्जा जिल्लाकै कलाकार बढी भएको पाइन्छ ।

आफू प्रवासमै भए पनि मातृभूमि देश नेपाल र मौलिक गीत संगीतको मोहले तानेपछि यस ‘यो कस्तो माया’ नाम गरेको हरेक माया प्रेममा गाँसीने जोडीका यथार्थ विषयलाई चित्रण गरेर गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताउनु भयो । गीतमा चर्चित गायिका मेलिना राईले सुमधुर आवाज रहेको छ ।

त्यस्तै, उक्त गीतमा गायक एवं संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् । गीतमा बीबी अनुरागको संगीत संयोजन रहेको छ ।

जेजी क्रियशनको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । युकेकै विभिन्न रमणिय स्थानमा उक्त भिडियो छायांकन गरिएको छ ।

भिडियोमा ध्रुव निरौला, निरु कोइराला, आस्था जोशी र बाल कलाकार स्वस्था जोशी बटाजुको अभिनय रहेको छ ।

Related posts

१६ प्रतियोगीले सांस्कृतिक परेड प्रस्तुत

Aarsha Khabar

सोनम कपुर आइसोलेसनमा

Aarsha Khabar

‘घात’ म्यूजिक भिडियो सार्वजनिक

Aarsha Khabar