आर्ष खबर

अर्थ देश

दशैंमा यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योल

काठमाडौं । दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ ।

यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णय गरिने बताउनु भयो । यस वर्षको दशैंमा ४÷५ लाखको सख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने उहाँ बताउनु हुन्छ । अहिले पनि काठमाडौंबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको र २५ गतेपछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरिने उल्लेख गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको स्थितिलाई हेरेर आफु जहाँ छौं त्यहिं दशैं मनाउन अर्थात यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आँकलन रहेको बताउनुभयो ।

गत वर्ष दशैंको बेलामा करिब २० लाख मानिसहरु काठमाडौंबाट बाहिरिएका थिए । तर अहिले ४÷५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङ्को आवश्यकता नपर्ने देखिएको छ ।

Related posts

जनता र विकास केन्द्रित बजेट ल्याउने तयारी : प्रधानमन्त्री

Aarsha Khabar

चौथो इन्द्रदह पर्यटन उत्सव

Aarsha Khabar

नेकपाका उपाध्यक्षमा वामदेव गौतम

Aarsha Khabar