आर्ष खबर

देश

सापकोटा र साइप्रसका सिलौरिसबीच टेलिफोन वार्ता

काठमाडौं । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० वर्ष पूरा भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसलाई टेलिफोन गर्दै दुई देशबीच सुमधुर सम्बन्ध रहेको भन्दै बधाई ज्ञापन गर्नुभएको थियो ।

सभामुख सापकोटाले १० हजार बढी नेपाली कामदारहरु साइप्रसमा रहेको र नेपाली विद्यार्थीहरुलाई कोभिड–१९ का बेला सहयोग गरेकोमा धन्यवाद दिनुभयो । सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्वादका क्रममा साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गर्नुभयो ।

Related posts

काण्डैकाण्डको चर्चाको शिखर चुम्दै सरकार

Aarsha Khabar

कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, कार चालक घाइते

Aarsha Khabar

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने : कृषिमन्त्री

Aarsha Khabar