आर्ष खबर

देश

१४६औं विश्व हुलाक दिवस मनाइँयो

काठमाडौं । अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी १४६ औं विश्व हुलाक दिवस मनाइएको छ ।

यसवर्ष ‘मोर देन मेल’ मुख्य नरासहित विश्वभर हुलाक दिवस मनाइएको छ । काठमाडौंको चारखालस्थित गोश्वरा हुलाक कार्यालयमा विश्व हुलाक दिवस मनाइएको छ । कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समयको सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिनुभयो । हुलाक सेवालाई समय सापेक्ष र प्रतिस्पर्धी बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने समेत श्रेष्ठले बताउनुभयो ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो । नेपालले भने १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यात लिएसँगै हरेक वर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ ।

Related posts

पुनः लकडाउन हुन सक्ने सरकारको संकेत

Aarsha Khabar

कर्कट संक्रान्ति पर्व मनाइँदै

Aarsha Khabar

‘मन्त्री फेर्ने कुरा भएको छैन’

Aarsha Khabar