आर्ष खबर

देश

डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औं पटक अनसन बस्नुभएका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाई छ । प्रदर्शनमा सहभागि वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताउनुभयो ।

केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ ।

Related posts

प्रधानमन्त्रीलाई सांसदको प्रश्न

Aarsha Khabar

लक डाउनमा उत्पादन र विकासका योजनाहरु के–के गर्न पाइन्छ ? जानी राखौं

Aarsha Khabar

काठमाडाैंका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था

Aarsha Khabar