काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भएको बताउनु भयो । जसमा काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना रहेका छन् । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेको छ । पछिल्लो २४ घण्टामा निको भई घर फर्किनेको संख्या १ हजार २ सय २९ जना रहेको छ भने १४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेहरुको संख्या ६१४ पुगेको छ ।