आर्ष खबर

देश

पुनः लकडाउन हुन सक्ने सरकारको संकेत

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ ।

सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उहाँले जानकारी गराउनु भयो ।

यस्तै प्रवक्ता ज्ञवालीले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभएको छ । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकहरुलाई सचेत हुन अपिल गर्नुभएको हो ।

Related posts

चन्द्रागिरिका मेलमिलाप कर्ताले नगरप्रमुख र उपप्रमुखलाई पीपीई हस्तान्तरण

Aarsha Khabar

आफ्नै घर फिर्ता

Aarsha Khabar

तोकिएकै समयमा सार्क सम्मेलन गर्नुपर्छ : परराष्ट्रमन्त्री

Aarsha Khabar