आर्ष खबर

स्वास्थ्य

आइतबार कोरोनाबाट थप २२ जनाको मृत्यु, १७७०५५ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ महिला र १७ जना पुरुषको मृत्यु भएको जनाएको हो । आइतबार २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा संक्रमण देखिएको छ ।
आइतबार देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ९९, प्रदेश नम्बर २ मा ६ सय २०, बागमती प्रदेशमा ९ हजार ३ सय ८ र गण्डकी प्रदेशमा ६ सय २५ जना रहेका छन ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार १ सय ६९, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ५३ गरी देशभरी १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छ । होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार १ सय ८७, प्रदेश नम्बर २ मा ५ सय ३४, बागमती प्रदेशमा ११ हजार ५ सय २१ र गण्डकी प्रदेशमा ५ सय ८० जना रहेका छन ।

यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ८ सय ४७, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा ५ सय ७१ जना गरी देशभरी १७ हजार ६ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन् ।

Related posts

कोरोनाविरुद्ध सरकारको अभियान कार्यान्वयनमा सहयोग गर्न नेकपाको अपिल

Aarsha Khabar

कोरोना संक्रमितको संख्या १०९, प्रदेश एकमा सबै भन्दा धेरै

Aarsha Khabar

उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो, २६७ जना संक्रमित

Aarsha Khabar