आर्ष खबर

अर्थ

दशैंमा नयाँ नोट सटही नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढ्ने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उहाँले बताउनु हुन्छ ।

यसअघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

Related posts

नेपालमा लगानी बढाउन जापान तयार’

Aarsha Khabar

७० हजारलाई यो वर्ष पनि सय दिनको रोजगार

Aarsha Khabar

आ.ब. ०७६/०७७ को बजेट बहुमतले पारित

Aarsha Khabar