आर्ष खबर

स्वास्थ्य

सोमबार ४ हजार ४७ जनामा कोरोना पोजेटिभ, थप ९ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० बाट सोमबार थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको जनाएको हो । काठमाडौंमा ७१ वर्षीया र चितवनमा ४० वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको छ । यस्तै सुनसरीमा ३७ वर्षीय, ८९ वर्षीय र ९०वर्षीय पुरुषको मृत्यु भएको छ । ललितपुरमा ५० वर्षीया, रुपन्देहीमा ७४ वर्षीया, काठमाडौंमा ६३ वर्षीया र ६७ वर्षीया महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

सोमबार नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

कोभिड–१९ बाट देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेको छ । संस्थागत आइसोलसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा ७ सय ५, बागमती प्रदेशमा ८ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा ५ सय २९ जना रहेका छन । त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७९, कर्णाली प्रदेशमा ५ सय ६ र सुदूरपश्चिम प्रदेशमा २ सय ६३ गरी देशभरी १३ हजार ९ सय २३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ३ सय ८८, प्रदेश नम्बर २ मा ४ सय ५६, बागमती प्रदेशमा १३ हजार ४ सय ८९ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, कर्णाली प्रदेशमा ४ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५ सय १४ गरी देशभरी १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ६ हजार ६ सय ८७, प्रदेश नम्बर २ मा १५ हजार ९०, बागमती प्रदेशमा २९ हजार ३ सय ८९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ५५ जना डिस्चार्ज भएका छन् भने लुम्बिनी प्रदेशमा १० हजार ७ सय ८१, कर्णाली प्रदेशमा ३ हजार ४ सय ८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ९५ जना गरी देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन । आइसुयुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन् ।

सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ । देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा। गौतमले बताउनुभयो । यस्तै कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

Related posts

कोरोनाबाट थप ३ जनाको मृत्यु, शनिबार ३७८ जना संक्रमित

Aarsha Khabar

सरकारले सातै प्रदेशमा उपकरणसहित तत्काल ल्याब स्थापना गर्नुपर्छ : प्रचण्ड

Aarsha Khabar

नेपालमा थप ६२९ जनामा कोरोना पोजेटिभ, संक्रमित साढे १० हजार नाघ्यो

Aarsha Khabar