आर्ष खबर

समाचार

उपत्यकाका सबै सरकारी अस्पताल कोभिड–१९ का विरामीको उपचार केन्द्र बनाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सबै सरकारी अस्पतालाई कोभिड–१९ का बिरामीको उपचार केन्द्रमा बनाउने निर्णय गरेको छ।

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा परिणत गर्ने निर्णय गरिएको जानकारी गराउनु भयो । सबै सरकारी अस्पताल कोभिड अस्पतालमा परिणत भएसँगै मन्त्रालयले स्वास्थ्य सेवा विभागमा रहेका भेन्टिलेटर, आइसीयु र अक्सिजनसहितका सामाग्री कोभिडका बिरामीको उपचारमा लगाउन निर्णय पनि गरेको छ। इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अब अस्पतालहरुले होटललाई पनि आइसोलेसन बनाउन पाउने भएको छ । होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन । मन्त्रालयले दहचोकमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज र कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शिक्षण अस्पताललाई लक्षणसहितका कोभिड–१९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा स्तरोन्‍ति गर्ने निर्णय पनि गरेको छ।

Related posts

भारत र चीनसँग जोडिएका सीमा नाका एक साताका लागि बन्द

Aarsha Khabar

पूर्वतिर फर्केर सूर्यलाई पानी किन चढाइन्छ ?

Aarsha Khabar

न्याय माग्दै महानगरीय प्रहरी बृत्त थानकोटमा स्थानीयको नाराबाजी

Aarsha Khabar