आर्ष खबर

चन्द्रागिरि

रक्तदान गरौं मानव जीवन बचाऔं भन्दै चन्द्रागिरिमा रक्तदान

काठमाडौं । रक्तदान गरौं मानव जीवन बचाऔं भन्दै चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित नैकाप स्पोट्स क्लवले आयोजना गरेको रक्तदान कार्यक्रम महिला १७ पुरुष ४६ जना सहभागी भएका थिए । क्लबका अध्यक्ष नेशन महर्जनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बेलामा अस्पतालमा रगत अभावले कुनै पनि व्यक्तिको ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

उहाँले यसअघि क्लबले खेल क्षेत्रलाई मात्र प्राथमिकता दिने गरेको र अबका दिनमा सामाजिक क्षेत्रमा पनि अग्रसर हुने उल्लेख गर्नुभयो । साथै कार्यक्रममा मेड पोइन्ट मेडिकोले निःशुल्क सुगर चेक जाँच गरेको थियो ।

त्यस्तै नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर फ्रेण्डस क्लब बलम्बुले १३औं पटक रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष प्रकाश श्रेष्ठले हरेक वर्ष घटस्थापनाको दिन फ्रेण्डस क्लब बलम्बुले रक्तदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले दशैंको समयमा प्रायः व्यक्तिहरु आ–आफ्नो घर जाने र रगत अभाव हुन नदिन ब्लड बैंकले पनि यो समयमा रक्तदान गर्न आग्रह गरेको उल्लेख गर्नुभयो ।

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आह्वान तथा बलम्बु च्याउ सहकारीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ६२ जना पुरुष र २३ जना महिलाले रक्तदान गर्नुभएको थियो ।

विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा गु्रजिरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना हुनु आफैमा पुण्य काम हो । रक्तदान जीवन दान भन्ने नारालाई सार्थकता बनाउन यो समय उपर्युक्त छ ।

Related posts

बनेपाबाट के सिक्यो चन्द्रागिरिले ?

Aarsha Khabar

केन्द्रीय सरकारले कागजमा मात्र अधिकार हस्तान्तरण गर्दा काम गर्न सकिएन : मुख्यमन्त्री

Aarsha Khabar

आर्ष नेपालको खबर प्रभाव, चन्द्रागिरिको अशुद्ध गिरी शुद्ध हुने प्रक्रिया सुरू

Aarsha Khabar