आर्ष खबर

देश

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्छ : भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पाटीका अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्ने बताउनु भएको छ ।

अध्यक्ष भट्टराईले सामाजिक संजालबाट ओली सरकारको असफलता र भ्रष्टाचारबारे नेकपाले नै लिखित आरोप लगाइसकेपछि उहाँलाई प्रधानमन्त्री पदबाट हटाउनैपर्ने भनि लेखेका हुन् । साथै उहाँले राष्ट्रपति तथा विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नहुने पनि उल्लेख गर्नुभएको छ ।

केही दिनयता नेकपाको विषयलाई लिएर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत यान्छीसँगको भेटले पार्न सक्ने असरबारे विभिन्न कोणबाट चर्चा परिचर्चा हुन थालेको छ। पछिल्लो समय नेकपाभित्रको आन्तरिक किचलोप्रति पार्टीभित्र र बाहिरका नेताले समय चासो दिन थालेका छन्।

Related posts

लक डाउनमा उत्पादन र विकासका योजनाहरु के–के गर्न पाइन्छ ? जानी राखौं

Aarsha Khabar

‘नेकपा विचार केन्द्रित पार्टी भएकोले फरक मत राख्नु नौलो होइन’

Aarsha Khabar

आरक्षण व्यवस्था खारेज गर्न खोजेको भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

Aarsha Khabar