आर्ष खबर

समाचार

नेकपा भित्रको विवाद उग्र बन्दै, प्रधानमन्त्रीले नयाँ प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले ठूलो रुप लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ प्रस्ताव ल्याउने भएका छन्।

प्रधानमन्त्री ओलीले मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनको प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याउने तयारी गर्नुभएको हो ।

यसअघिको बैठकमा प्रचण्ड–ओलीले भदौ २६ को स्थायी कमिटीको निर्णयले जारी गरेको अन्तर पार्टी निर्देशनसमेत वितरण गरेको थियो। अबको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधानका लागि नयाँ प्रस्ताव ल्याउने प्रवक्ता श्रेष्ठले जानकारी गराउनु भयो । प्रधानमन्त्री ओली आफ्नो कार्यशैली र रवैयाकै कारण सचिवालयको बहुमत सदस्यबाटै घेराबन्दीमा परिरहेका छन्। प्रधानमन्त्री ओलीले पार्टीको निर्णय, नीति, नियम र पदती नमान्दाको कारण विवाद उत्कर्षमा पुगेको दाहाल–नेपाल पक्षको आरोप छ। तर, प्रधानमन्त्री ओली निकटका नेताहरु त्यो आरोप स्वीकार गर्न चाहँदैनन्।

नेकपाभित्र राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री ओलीले गरेको भेटवार्तालगायतका विषय नै पार्टीभित्रको मुख्य विवाद बन्न पुगेको छ । नेकपाभित्रको विवाद बढ्दै गएपछि राष्ट«पति विद्यादेवी भण्डारीले पछिल्लो समयमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, उपाध्यक्ष गौतम, गृहमन्त्री बादललाई शीतल निवास बोलाएर पार्टीभित्रको विवाद समाधान गर्न आग्रह गर्नुभएको छ ।

Related posts

हरितालिका तीज, पुरुष पनि ब्रत बस्न सक्ने

Aarsha Khabar

ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनायो : यादव

Aarsha Khabar

पूर्वी पहाडी जिल्लामा र्यापिड डाइनोष्टिक टेस्ट सुरु

Aarsha Khabar