आर्ष खबर

चन्द्रागिरि देश समाचार

चन्द्रागिरिमा भएको दुर्घटनापछि अवरुद्ध सडक खुल्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ गुर्जुधाराको सानो मन्दिर नजिकै भएको दुर्घटनापछि अवरुद्ध सडक खुलेको छ ।

पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई हाल चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा बस्दै आएका ३९ वर्षीय अर्जुनकुमार केसीको विहान गाडीको ठक्करबाट घटनास्थलमै मृत्युभएको थियो । प्रदेश ३ ०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका केसीलाई गाडीले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार घाइते छोराको उपचार ओम समाज अस्पतालमा भइरहेको छ ।

ठक्कर दिने सवारी साधन फरार भएकोले सडकको सीसीटिभी फुटेजको चेकजाँच गरी शंकास्पद ट्रक र ट्रिपरलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । मृतकको शव घटनास्थलबाट उठाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ । शव उठाएसँगै लामो तथा छोटो दुरीका सवारी आवागमनमा सुचारु भएको छ ।

Related posts

साझासँग ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिइने

Aarsha Khabar

‘सरकार पूँजीपतिहरुको विकासमा केन्द्रीत’

Aarsha Khabar

‘वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख’

Aarsha Khabar