आर्ष खबर

विदेश

ब्राजिलमा अनिवार्य मास्क लगाउनु पर्ने

ब्राजिल । ब्राजिलमा सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनु पर्ने कानून स्वीकृत भएको छ ।

कोरोना भाइरस महामारीको चपेटामा देश नराम्ररी फसेपछि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने कानून स्वीकृत गर्नुभएको हो । यो कानून लागु भएसँगै अब ब्राजिलका नागरिकले सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ।

यतिबेला अमेरिकामा जस्तै ब्राजिलमा पनि मास्क लगाउने विषय विवादास्पद बनेको छ । कोरोना भाइरसको संक्रमणको गतिमा बढि रहेपनि गएको महिनादेखि नै ब्राजिलका सहरहरु खुला भइसकेको छ । दक्षिण अमेरिकामा सबैभन्दा धेरै जनसंख्या भएको ब्राजिल कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। ब्राजिलमा अहिलेसम्म झण्डै १५ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा ६१ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ।

Related posts

मलेसियाका पूर्वराजा शाहको निधन

Aarsha Khabar

विश्व शान्तिका लागि सँगै काम गर्न आग्रह : राजा नारुहितो

Aarsha Khabar

अमेरिकाको जासुस ड्रोनलाई इरानले खसाल्यो, तनाब बढ्दै

Aarsha Khabar