आर्ष खबर

विदेश

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार अपरान्ह निधन भएको छ।

८४ वर्षीय मुखर्जी कोरोना भाइरस संक्रमणसँग जुधिरहेदा उहाँको निधन भएको छोरा अभिजितले बताएका छन्। कोरोना संक्रमण भएर अस्पताल भर्ना हुनुभएका मुखर्जीको साउन २६ गते मस्तिष्काघात भएर शल्यक्रिया गरिएको थियो। उहाँ भारतको तेह्रौं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म कार्यरत हुनुहुन्थ्यो ।

मुखर्जीले नेपालका दलहरु बीच दिल्लीमा सम्पन्न १२ बुँदे समझदारी गराउनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

Related posts

कोरोनाबाट प्रवासमा ३ नेपालीको मृत्यु, स्पेनमा चार नेपालीमा संक्रमण

Aarsha Khabar

चीनसँग माग्यो पाकिस्तानले ९ अर्ब डलर

Aarsha Khabar

विश्व शान्तिका लागि सँगै काम गर्न आग्रह : राजा नारुहितो

Aarsha Khabar