आर्ष खबर

अर्थ

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा पुनः घिसिङलाई दिइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी गरिएको छ।

आइतबार बस्ने मन्त्रिपरिषदको बैठकबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरिदै छ । ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नै नियुक्ति गर्ने भएका हुन्। कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदै छ।

शुक्रबार नेकपाको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीसँग कुलमानको नियुक्तिबारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । उहाँलाई पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदका लागि चाहिने आवश्यक कागजात ऊर्जा मन्त्रालयले तयार पारिसकेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । विद्युत् प्राधिकरणको नियमावलीमा पुनः नियुक्तिको व्यवस्था नभएपनि नियमावलीमा मन्त्रिपरिषद्ले सिधै नियुक्ति गर्न मिल्ने व्यवस्था छ। घिसिङले केही दिनअघि तत्कालिन प्रधानमन्त्री र ऊर्जामन्त्रीको सहयोगले देशमा ब्याप्त १८ घण्टाको लोडसेडिङ हटाउन र घाटामा गएको प्राधिकरणलाई आफुले नाफामा ल्याउन सफल भएको बताउनु भएको थियो ।

त्यस्तै, गत बुधबार नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको छलफलमा प्रचण्डले कुलमानलाई पुनः नियुक्ति दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

Related posts

सर्किट ब्रेक लागेपछि शेयर कारोबार स्थागित

Aarsha Khabar

वैकल्पिक ऊर्जाको रुपमा व्रिकेट

Aarsha Khabar

कोरोना नियन्त्रणका लागि करिब १० अर्ब रुपैयाँ खर्च, लक डाउन सहज बनाउने संकेत

Aarsha Khabar