आर्ष खबर

अर्थ देश

कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही

काठमाडौं । कालोबजारी गर्नेलाई कारवाही गर्न महानगरको सिफारिस काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारवाही गर्न सिफारिस गरेको छ ।

महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसलहरुलाई कारवाही गर्न सिफारिस गरेको हो । कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल संचालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो । महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो । साथै, दाल चामल लगायतका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १२९ मध्ये २६ वटा उपोभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई व्यापारमा भएको कसुरको आधारमा कारवाही गर्न विभागलाई लेखि पठाएको छ ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले अनुगमनको क्रममा म्याद गुज्रिएको सामान बेच्ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको बताउनुभयो । यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिइएको छ । उहाँले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालिमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खू तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताउनुभयो । उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सृजना गरी १३० रुपैयाँमा विक्रि वितरण गरेको उहाँले बताउनुभयो ।

Related posts

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलको राजीनामा स्वीकृत हुने

Aarsha Khabar

डेंगु रोगबाट बच्न सूचना प्रवाहको व्यवस्था गर्न सरकारलाई आदेश’

Aarsha Khabar

स्थानीय तहमा बीउबिजनको दर्ता अनुमति दिन मिल्दैन’

Aarsha Khabar