आर्ष खबर

देश

नेपालीहरुको महान चाड बडा दशैं शुभारम्भ, घटस्थापना गरिदै

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आजबाट औपचारिक रुपमा सुरु भएको छ ।

बडा दशैंको पहिलो दिन घरघरमा दुर्गा भवानीको प्रतीकका रुपमा घटस्थापना गरिदै छ । बिहान ११ बजेर ४६ मिनेटमा घटनास्थापनाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती, नवदुर्गाको पूजा आरम्भ भएको हो । मुलुकका अन्य शक्तिपीठहरुमा पनि आजैबाट नवरात्रीको पूजा आरम्भ भएको छ । रामले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आह्वान गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौं छरी पूजा आराधना गरेको मान्यता छ ।

यही विश्वासमा सबैले आ–आफ्नाे पूजा कोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने चलन छ । सो क्रममा माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अंध्यारो कोठामा जौं वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तिस्वरुपा दुर्गा भवानीको आराधना गर्ने परम्परा छ ।

Related posts

प्रहरी समायोजन विद्येयक २०७६ सर्वसम्मतले पारित

Aarsha Khabar

काठमाडौंको टोखामा प्रहरी र लुटेराबीच गोली हानाहान

Aarsha Khabar

ट्रष्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्ति विवरण सार्वजनिक (पूर्णपाठसहित)

Aarsha Khabar