आर्ष खबर

देश

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्छ : भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पाटीका अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु पर्ने बताउनु भएको छ ।

अध्यक्ष भट्टराईले सामाजिक संजालबाट ओली सरकारको असफलता र भ्रष्टाचारबारे नेकपाले नै लिखित आरोप लगाइसकेपछि उहाँलाई प्रधानमन्त्री पदबाट हटाउनैपर्ने भनि लेखेका हुन् । साथै उहाँले राष्ट्रपति तथा विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नहुने पनि उल्लेख गर्नुभएको छ ।

केही दिनयता नेकपाको विषयलाई लिएर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत यान्छीसँगको भेटले पार्न सक्ने असरबारे विभिन्न कोणबाट चर्चा परिचर्चा हुन थालेको छ। पछिल्लो समय नेकपाभित्रको आन्तरिक किचलोप्रति पार्टीभित्र र बाहिरका नेताले समय चासो दिन थालेका छन्।

Related posts

सुस्तासहितको नेपालको नक्सा सार्वजनिक

Aarsha Khabar

लोकसेवाको विज्ञापन खारेजको माग गर्दै र्याली

Aarsha Khabar

कोरोना वनको बाघ कि मनको बाघ

Aarsha Khabar